बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदर निर्धारण सम्बन्धी नयाँ निर्देशन जारी

आइतबार, २८ कात्तिक २०७८, १७ : १४
आइतबार, २८ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ । कात्तिक ३ गते विज्ञप्तिमार्फत बजारको ब्याजदरलाई हस्तक्षेप गरेको राष्ट्र बैंकले सोही अनुसारको नीति सार्वजनिक गरेको हो । उक्त मितिमा बैंकहरुले आफूखुसी ब्याजदर बढाएपछि त्यसलाई स्थिर राख्न विज्ञप्तिमार्फत निर्देशन दिएको थियो । सोही निर्देशनलाई नीतिमा परिवर्तन गर्न नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ व्यवस्थाअनुसार बैंकहरुले अघिल्लो महिनाको ब्याजदरबाट १० प्रतिशत मात्र बढाउन÷घटाउन मिल्छ । यस्तै, बचतको न्यूनतम र मुद्दतीको अधिकतम ब्याज ५ प्रतिशतभन्दा बढी हुनुहुँदैन । अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले ब्याजदर निर्धारण गर्दा बचत र मुद्दती खाताको ब्याज ५ प्रतिशतभन्दा बढी भएमा समायोजन गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप