एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन प्रदेश २ का उद्योगमन्त्रीले राजीनामा दिने

प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी सामेल हुने भएको छ । सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो प्रदेश २ सरकारमा सहभागी हुने भएका हुन् ।
मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सामेल गर्नका लागि आफ्नै पार्टीबाट उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका रामनरेश रायलाई राजीनामाका लागि निर्देशन दिएका छन् । स्रोतकाअनुसार मन्त्री रायले आजै साँझ वा भोलिसम्ममा राजीनामा दिने तयारी गरेका छन् ।
मुख्यमन्त्री राउतले यसअघि सामाजिक विकासमन्त्री नवलकिशोर सुडीको राजीनामा माग गरेका थिए । विगतमा राजेन्द्र महतोको साथ छाडेर जसपा अध्यक्ष उपेन्द्र यादवलाई साथ दिएका उनले सरकारमै रहने अडान लिएपछि भने उद्योगमन्त्री रायलाई राजीनामा दिन लगाइएको हो ।
उनले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादी पार्टीका महतोलाई मन्त्री बनाइने भएको छ । सम्भवतः सोमबार नै मन्त्रिपरिषद्मा हेरफेर हुने स्रोत बताउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
-
२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
-
हरित यातायात विकास गर्ने उद्देश्यले सरकारले ल्यायो राष्ट्रिय यातायात नीति, २०८१
-
विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते
-
बागमती गोल्डकप : हानामीलाई हराउँदै एपीएफ विजय
-
सिनेट नराखे त्रिवि पदाधिकारीलाई प्रवेश निषेध गर्ने चेतावनी