बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधुमेह छ ? खाना सम्बन्धि यी पाँच गल्ती बिर्सेर पनि नगर्नुहोस्

सोमबार, २९ कात्तिक २०७८, १३ : ०५
सोमबार, २९ कात्तिक २०७८

मधुमेहका बिरामीले खानपानको विशेष ख्याल राख्नुपर्छ । डाइट सही राख्दा ब्लड सुगरको स्तर पनि नियन्त्रणमा रहन्छ । बिरामीले के खाना खानुपर्छ भनेर थाहा पाउनुका साथै के खानु हुँदैन भन्ने बारे पनि ज्ञान हुनुपर्छ । मधुमेह नियन्त्रण गर्नका लागि विभिन्न प्रकारको तरिका अपनाइन्छ तर यस्ता थुप्रै कुराहरु छन् जसलाई धेरै जनाले सुनाएका त हुन्छन् तर वास्तवमा ती गलत हुन्छन् । पोषणविद् यस्ता अफवाहमा ध्यान नदिन सल्लाह दिन्छन् । आउनुहोस्, यस्तो भ्रमबारे जानकारी लिऔं जसलाई मधुमेहका बिरामीले पत्याउनु हुँदैन ।

मधुमेहका बिरामीले कार्ब्स खानु हुँदैनः

मधुमेहका बिरामीले कार्ब्स खानु हुँदैन भनेर धेरैको मान्यता छ । स्वास्थ्य विज्ञका अनुसार कार्ब्सले तपाईंलाई हानी गर्ने होइन । तपाईंले कस्ता खालका र कति मात्रामा कार्ब्सको सेवन गर्नुहुन्छ भन्ने कुरामा कार्ब्सले तपाईंलाई फाइदा गर्छ वा हानी गर्छ भन्ने कुरा निर्भर हुन्छ । तपाईंले कुन समयमा कार्ब्स खाइरहनु भएको छ, यसको असर मधुमेहका बिरामीमाथि अत्यधिक पर्ने गर्छ । मधुमेहका बिरामीले असाध्यै कार्ब्स भएका खानेकुरा जस्तै पास्ता, ह्वाइट ब्रेडजस्ता खानेकुराबाट टाढै बस्नुपर्छ ।

मधुमेहका बिरामीले फ्याट बढाउने खाना खान सक्छन्ः

फ्याट तपाईंको जीवनको एक जरुरी हिस्सा हुनसक्छ तर तपाईंले यसको छनोट निकै सावधानीपूर्वक गर्नुपर्छ । न्यूट्रिशनिस्टका अनुसार अत्यधिक स्याचुरेटेड खाना खाँदा तपाईंको ब्याड कोलेस्ट्रोलको स्तर बढ्न सक्छ जसले हृदयघात र स्ट्रोकको सम्भावना बढ्ने गर्छ ।

आर्टिफिसियल स्विटनर एक सुरक्षित विकल्पः

बजारमा धेरै नै आर्टिफिसियल स्विटनर पाइन्छन् जुन विशेषगरी मधुमेहका बिरामीका लागि सुरक्षित मानिन्छ । यद्यपि, वास्तविकता यो हो कि आर्टिफिसियल स्विटनर्स इन्सुलिन रेजिस्टेन्सलाई बिगार्छ । यसमा सुगर फ्री लेखिएता पनि यसमा सबै हानिकारक केमिकल्स पाइन्छ ।

औषधी खाएको छ भने गुलियो खान सक्नुहुन्छः

स्वास्थ्य विज्ञकाम अनुसार यदि तपाईंले औषधी खाइरहनुभएको छ भने यसको अर्थ यो होइन कि तपाईंलाई गुलियो खाने छुट छ । मधुमेहका बिरामीले औषधीका साथै पोषक तत्वले भरपुर खाना खानुपर्छ । पोषक तत्वले भरपुर खानाले सुगरको स्तरलाई नियन्त्रित गर्न मद्दत गर्छ । यसका साथै यो रोगसँग जोडिएको जोखिमलाई पनि कम गर्न मद्दत गर्छ ।

मधुमेहका बिरामीका लागि फल हानिकारक छः

फलफूलमा प्राकृतिक मिठास हुन्छ तरपनि मधुमेहका थुप्रै बिरामीलाई आफूहरुले फलफूल खान नसक्ने लाग्छ । फलफूलमा सबै आवश्यक पोषक तत्व हुन्छ र सिमित मात्रामा यसको सेवन शरीरका लागि निकै फाइदाजनक हुन्छ । फलफूलको जुसको साटो तपाईंले सिङ्गै फलफूल खाँदा राम्रो । मधुमेहका रोगीले अरुले भनेको भरमा खाना खाने नखाने गर्नुहुँदैन । आफ्नो खानामा कुनै परिवर्तन गर्नुअघि पोषणविद् वा डाक्टरको सल्लाह कुनै पनि हालतमा लिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप