घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्छौं : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको विकास र रोजगारी सिर्जना गर्नका लागि घरेलु तथा साना उद्योगलाई प्रबद्र्धन गर्न लागिएको बताएका छन् । मुख्यमन्त्री केसीले घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । सम्बोधनको क्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशलाई घरेलु तथा साना उद्योगको हव बनाउनको लागि लुम्बिनी सरकार लागि रहेको बताए ।
उनले विकासको मुख्य अधार घरेलु तथा साना उद्योग भएकोले प्रदेश सरकारको प्राथामिकता यस क्षेत्रमा रहेको उद्घोष गरे । मुख्यमन्त्री केसीले प्रदेशको मात्र नभई सिङ्गो मुलकै विकासका लागि पनि साना उद्योगहरुलाई विकास र विस्तार नगरी सम्भव नभएको धारणा राखेका थिए ।
मुख्यमन्त्री केसीले लुम्बिनी क्षेत्रका उद्योगी र व्यवसायी लागि प्रदेश बैंक स्थापना गरिएको बताउँदै त्यसबाट सञ्चालनका सस्तो ब्याजका ऋण प्रदान गर्ने लागेको जानकारी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता