शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नोकिया ६३१० नेपाली बजारमा

मङ्गलबार, ३० कात्तिक २०७८, २१ : १४
मङ्गलबार, ३० कात्तिक २०७८

मोबाइल सेट निर्माणमा अग्रणी विश्वविख्यात कम्पनी नोकियाले ६३१० मोडलको मोबाइल सेट नेपाली बजारमा सार्वजनिक गरेको छ । यो सेटमा प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्‍याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो सेटमा पुनः डिजाइन गरिएको कर्भ्ड  स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध छ । यो बनावटले फोनको स्क्रीन स्पष्ट रूपमा हेर्न सघाउन पुग्ने कम्पनीको दाबी छ । मोबाइल सेटमा रहेको अलन्यूजुमइन मेनुहरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउने तथा पोलीकार्बोनेट सेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनमा प्रयोग गर्नको पर्याप्त बलियो बनाएको पनि नोकिया दाबी गर्छ ।

सेटमा अक्षर तथा अंक पढ्न सुधारिएको ठूलो फन्ट छ । ह्यान्डसेट प्रयोग गर्न निकै सजिलो हुने कम्पनीले जानकारी दिएको छ । यो सेटमा रहेको ब्याट्री हप्ता दिनसम्म टिक्ने हुनाले चार्जर छुट्दा पनि चिन्ता नहुने कम्पनीको दाबी छ । गहिरो गाढा हरियो तथा डेरिंग पहेंलो रंगमा फोन उपलब्ध छ ।

फोनमा कडा पोलीकार्बोनेटको शेल रहेकाले दैनिक जीवनमा आउनसक्ने नक्स र बम्पहरूबाट सुरक्षा प्रदान गर्न पर्याप्त बलियो रहेको कम्पनीले दाबी गरेको छ । सेटको मूल्य नेपाली बजारमा ६,२९९ रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप