बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

बुधबार, ०१ मङ्सिर २०७८, ०७ : १२
बुधबार, ०१ मङ्सिर २०७८

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहेको  छ ।

बुधबार प्रदेश  १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।  बिहीबार पनि देशको पहाडी भू-भागहरूमा आंशिक  बदली  रही  बाँकी भू-भागको मौसम सामान्यतया सफा  रहने छ।

शुक्रबारदेखि भने  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिक  देखि सामान्य बदली  रही  बाँकी भू-भागमा आंशिक बदली  रहने  छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप