शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक २८ सयमा उक्लियो, आज पनि १६ अङ्कको वृद्धि

बुधबार, ०१ मङ्सिर २०७८, १५ : ३१
बुधबार, ०१ मङ्सिर २०७८

सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अङ्कले बढ्दै ५२५.४४ विन्दुमा पुगेको छ । 

यसदिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स उपसमूहहरू धनात्मक भएका छन् भने, विकास बैङ्क, जीवन÷निर्जीवन बीमा, म्युचुअल फन्ड लगायतका समूह ऋणात्मक भएका छन् । झण्डै १७ अङ्कले बढेको बजारमा आज ७ अर्ब ३७ करोड ९४ लाखको कारोबार भएको छ । गत मंगलबार अधिकतम ६९ दशमलव २२ अङ्कले बढेको बजारमा जम्मा ५ अर्ब ५२ करोड १६ लाखको मात्र कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप