आजदेखि प्रचलनमा आएको ई-पासपोर्टको कति तोकियो शुल्क ?

सरकारले बुधबारदेखि नेपालमा विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई(पासपोर्टको लागि औँठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई–पासपोर्ट वितरण थालेको हो ।
संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई–पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपोर्ट हस्तान्तरण गरेका छन् ।
विभागले अब ६ प्रकारका राहदानी जारी गर्नेछ । साधारण राहदानी हलुका खैरो रङमा हुनेछ । यो राहदानी ३४ पृष्ठ र र ६६ पृष्ठ गरी दुई किसिमका हुनेछन् । धेरै विदेश गइरहनुपर्ने नागरिकले ६४ पृष्ठको राहदानी बनाउन सक्नेछ ।
३४ पृष्ठको राहदानी जिल्ला प्रशासन कार्यालय र नियोगमार्फत नियमित प्रक्रियाबाट बनाउँदा पाँच हजार रुपैयाँ दस्तुर लाग्नेछ । तर, ६६ पृष्ठको बनाउन चाहे १० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्दै बाँके राष्ट्रिय निकुञ्ज
-
राष्ट्रपतिको चुनावपछि जनमतलाई थप एक मन्त्रालय !
-
सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस
-
तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
-
मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई ३.५ मिलियन युरो सहयोग
-
चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल