मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग बक्सिङ फेडेरेसन टोलीको भेट

बुधबार, ०१ मङ्सिर २०७८, २१ : ३५
बुधबार, ०१ मङ्सिर २०७८

नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ ।  नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो । 

भेटघाटका क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन थालेको बताएकी थिइन् । राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई धन्यवाद दिएकी छन् ।

भेटमा नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो । रुसी नागरिक क्रेम्लेभसहित आइतबारको ८ सदस्यीय टोली २ दिनको लागि आजै बिहान नेपाल आएको हो । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र विभिन्न पदाधिकारीले स्वागत गरेका थिए । 

भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि अवलोकन गर्ने तालिका छ । सोही क्रममा अन्तर्राष्ट्रिय बक्सिङ संघले नेपाल बक्सिङसंघलाई खेल सामाग्रि पनि प्रदान गरेको छ । अध्यक्ष सहितको टोली बिहीबार स्वदेश फर्कनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप