फिल्म ‘घुइँचो’ मा एलिजा
फिल्म ‘घुइँचो’ को लागि अभिनेत्री एलिजा गौतम छानिएकी छन् । रामजी दैलेखीको निर्माणमा बन्न लागेको यो फिल्मका लागि गौतम मुख्य अभिनेत्रीको भूमिकामा छानिएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमबीच फिल्म अभिनयका लागि बुधबार सम्झौता भएको छ ।
आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो फिल्म दुर्गम गाउँको युवाको अमेरिका यात्राको कथामा निर्माण हुन लागेको हो । निर्माता दैलेखीले अभिनेत्रीको रुपमा गौतमसँग भित्रिएको र अन्य कलाकार समेत छिट्टै छनोट गर्ने जानकारी दिए । घुइँचोको कथा आफुले खोजे जस्तै पाएकोले जोडिएको बताइन् ।
आफ्नै निर्माण अभिनयमा ‘अनुराग’ फिल्म अभिनय गरेकी एलिजाले केही महिना अगाडि फिल्ममा ‘घिन्ताङ’ का लागि पनि छानिएकी थिइन् । तर छायाङ्कन अगाडि निर्माण युनिटसँगको असन्तुष्टिका कारण उनले फिल्म छोडेपछि फिल्ममा केकी अधिकारीले गरेकी छन् ।
चर्चित पत्रकार ऋषि धमलाकी पत्नी समेत रहेकी एलिजा पछिल्लो समयको म्युजिक भिडियोमा चलेकी मोडल पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान