शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार, ०२ मङ्सिर २०७८, ११ : ०८
बिहीबार, ०२ मङ्सिर २०७८

बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।  गत बुधबार बजारमा सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा बिहीबार तोलामा २०० रुपैयाँले नै बृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्य कायम हुँदै बिहीबार पनि एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप