बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी र पाल्पामा २ जना मृत फेला

बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ०६
बिहीबार, ०२ मङ्सिर २०७८

गुल्मी र पाल्पामा दुईजना मृत फेला परेका छन् । गुल्मीको सदरमुकाम नजिकैको भिरमा एक वृद्धको शव फेला परेको हो ।  गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव फेला परेको हो । उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीयवासी हुन्  ।

प्रहरी निरीक्षक महेश्वर उपाध्यायकाअनुसार गएराती २ बजे ती वृद्ध मदिरा पिएर बाहिर निस्किएका थिए । उनको परिवारले खोजतलासका लागि निवेदन दिएलगत्तै प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको उपाध्यायले जानकारी दिए ।  मृतकका श्रीमती ३ छोरा र एक छोरी रहेका छन् । 

त्यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो । उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप