शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फुलकोर्टबाट गोलाप्रथासम्बन्धी व्यवस्था पास

बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ४५
बिहीबार, ०२ मङ्सिर २०७८

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ।  बिहीबार बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो । 

सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले रातोपाटीलाई बताए ।  सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका  परिवर्तन गरिएको हो ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् । यससँगै ३ सातादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ । नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फकिने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप