शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायाधीशलाई राजीनामा दिन बार एशोसिएसनले दियो भोलिसम्मको ‘अल्टिमेटम’

बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ०९
बिहीबार, ०२ मङ्सिर २०७८

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिए ।

बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत लगाए । प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै जबराले न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय सुरु गरेको उनको भनाइ थियो ।

उनले बार एशोसिएशनबाट इतिहासमा कयौं पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरिएको भन्दै त्यो इतिहासलाई साक्षी राखेर अहिले पनि आफूहरु आन्दोलनमा होमिनु परेको बताए । बिहीबार प्रहरी हस्तक्षेपका कारण शारीरिक चोट लागेका श्रेष्ठले भने, ‘म आफ्नो शरीरमा लागेको घाउलाई भरे सेक्नेछु र यसलाई निको तुल्याउने छु तर यो आन्दोलनबाट भाग्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप