शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

शुक्रबार, ०३ मङ्सिर २०७८, ११ : ०३
शुक्रबार, ०३ मङ्सिर २०७८

काठमाडौंको माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकार छन् । मृतक मल्लिकार मोटरसाइकलमा पछाडी सवार थिए । शुक्रबार बिहान साढे २ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल राति नै मृत्यु भएको हो महानगरीय ट्राफिक महाशाखाले जनाएको छ  । 

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७ ७१ नम्बरको मोटरसाइकल आज बिहान साढे २ बजे अनियन्त्रित भई पल्टिएको हो । मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप