अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्नेहरु पक्राउ, तस्बिरमा हेर्नुहोस्
अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) ले महाराजगन्जस्थित दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन गरेको हो । एमसीसी पारितका लागि दवाव दिनकै लागि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश नेपाल आएको भन्दै त्यसको विरोधका अमेरिकी दूतावास घेराउसहित विरोध प्रदर्शन गरिएको क्रान्तिकारी माओवादीका नेता टेक बहादुर विश्वकर्माले बताए ।
सो क्रममा प्रहरीले विश्वकर्मासहित क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, नेपाल दलित मुक्ति मोर्चाको सचिवालय सदस्य शोभा विश्वकर्मा, नेताहरु खगेन्द्र छन्त्याल, जगदीश महर्जन, राधाकृष्ण थापा, ज्ञान प्रसाद तिवारी, शंकर बोहरा , सुवास आरसीलगायत पक्राउ परेको बताइएको छ । क्रान्तिकारी माओवादसहितका साना दलले एमसीसीको कडा विरोध गर्दै आउको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल