
‘रित्तो रित्तो’ मा पूजा र रोशनको रोमान्स
गायक रोशन अधिकारीको स्वर रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत छ । द डिभाइन म्युजिकको प्रस्तुतिमा तयार भएको यो गीतमा नेपः सिनेको सहकार्य छ ।
गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा र मोडल तथा गायक रोशन अधिकारीको अभिनय देख्न सकिन्छ । मुस्ताङको रमणीय स्थानमा खिचिएको भिडियोमा रोशन र पूजा रोमान्टिक देखिएका छन् ।
भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विकास दाहालको सम्पादन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ