शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्कोडा कुशाक : नेपालमा यसकारण भयो लोकप्रिय

शुक्रबार, ०३ मङ्सिर २०७८, १४ : २८
शुक्रबार, ०३ मङ्सिर २०७८

स्कोडा कुशाकले नेपाली अटोमोबाइल बजारमा स्कोडा ब्रान्डलाई पुनःस्थापना गरिरहेको छ । सेडानको विक्रीमा निर्भर स्कोडा नेपालको साखलाई माथि उठाउन कुशाकले राम्रै योगदान दिइरहेको छ । नेपालमा सार्वजनिक गरेको तीन महिनामै स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दुई सय पचास युनिट कुशाक विक्री गरिसकेको छ । यो ‘सी–सेग्मेन्ट’को नयाँ एसयुभीले स्कोडाको सेल्सलाई ‘भोलुम’मा लाने संकेत दिइसकेको छ । 
स्कोडा कुशाकले नेपालमा जस्तै भारतमा कमाल गरिरहेको छ । भारतमा सार्वजनिक भएपछि कुशाकको बुकिङ १५ हजार पुगेको छ । भारतमा गत वर्ष अक्टोबरमा १४ सय युनिट स्कोडा कार विक्री भएको थियो जुन यो वर्ष बढेर तीन हजार पुगेको छ । यो वृद्धिमा कुशाकको भूमिका महत्वपूर्ण छ ।
यो छोटो समयमा नै कुशाकको लोकप्रियता यति धेरै बढ्नुमा केही उल्लेखनीय कारण छ । 

युरोपियन स्टाइल
स्कोडा कुशाकको लुक्स निश्चित रुपमा युरोपियन छ । यसमा टिपिकल फक्सवागन ग्रुपका मोडेलमा हुने ‘क्लिन लुक्स’ छ । अगाडिको भागमा परिचित ग्रिल र ‘एल आकार’को ‘एलइडी डीआरएल’ सहितको ‘स्लिक हेडल्याम्प’ छ । १७ इन्चको ठूलो ‘एलोई रिम’ले यसको ‘साइड प्रोफाइल’लाई ‘स्पोर्टी’ बनाएको छ । जब यसको ‘शिटमेटल’ मा प्रकाश पर्छ तब यसलाई तपाईंलाई मुग्ध पार्नेछ । पछाडिको भागले पनि क्यारोक र कामिक जस्ता प्रिमियक स्कोडा एसयुभीको झल्को दिन्छ । छोटकरीेमा भन्ने हो भने कुशाक एउटा ‘हेन्डसम एसयुभी’ हो जसको सुन्दरता ‘सोफिस्टिकेसन’ र ‘बोल्डनेस’ को सही सम्मिश्रण हो । 

व्यवहारिक इन्टेरियर
स्कोडा कुशाक बाहिरबाट कम्प्याक्ट देखिए पनि भित्र ‘स्पेसियस’ छ । ‘बेस्ट इन सेग्मेन्ट’ ह्विलबेस भएको कुशाकको क्याबिन ध्यानपुवर्क बनाइएको छ । कुशाकभित्र पाँच यात्रुलाई पर्याप्त ‘स्पेस’ छ र पर्याप्त ‘स्टोरेज’ गर्ने ठाउँ पनि दिइउको छ । ३८५ लिटर बुक स्पेसमा ‘विकेन्ड ट्रिप’का लागि परिवारलाई चाहिने ‘लगेज’ अट्नेछ । यसको ‘ड्यासबोर्ड’ सफा छ र गुणस्तरीय ‘मटेरियल’ प्रयोग गरिएको छ । साथै, ‘एअरकन’ का लागि राखिएका ‘टच कन्ट्रोल’ ले क्याबिनको ‘क्लास’ लाई झल्काइदिन्छ । 
हाई–एन्ड फिचर
कुशाकको इन्टेरियर ‘स्पेसियस’ मात्र छैन क्याबिन फिचरले भरिएको पनि छ जसले केही महँगा कारलाई पनि माथ दिनेछ । १० इन्चको इन्फोटेन्मेन्ट टचस्क्रिनले राम्रो ग्राफिक्स, एप्पल कारप्ले÷एन्ड्रोइड अटो सपोर्ट र ‘गाना’ जस्ता ‘प्रिइन्स्टल्ड एप’ छन् । जियो फेन्सिङ, भ्यालेट मोड, रियल टाइम डाटा प्रोभाइडर जस्ता सुविधा पनि छन् । साथै यात्रुको ‘ट्राभल एक्सपिरियन्स’ लाई बढाउन इलेक्ट्रिक सनरुफले महत्वपूर्ण भूमिका खेल्छ ।

अद्वितीय पर्फमेन्स
निकै रुचाइएको अक्टाभिया परिवारको सदस्य कुशाक क्लासकै सबैभन्दा ‘इन्जोयबल एसयुभी’ हो । नेपालमा यो सी सेग्मेन्टको एसयुभी १.० लिटर टर्बोचाज्र्ड पेट्रोल इन्जिनमा उपलब्ध छ जसले १७८ एनएम टर्क र ११५ पीएस पावर उत्पन्न गर्छ । यो इन्जिन इन्धन मीतव्ययी छ । टर्बो इन्जिनले टर्क र पावर दुवै दिन्छ जसले यात्रालाई रमाइलो बनाइदिन्छ । कुशाकको प्रदर्शन सडकमा मात्र होइन अन्य सतहमा पनि प्रभावशाली छ । शक्तिशाली इन्जिन र विश्वासिलो ‘ह्यान्डलिङ’ ले यसलाई ‘क्लास’ कै सबैभन्दा राम्रो पर्फमेन्स दिने एसयुभी बनाएको छ । 

आकर्षक मूल्य 
नेपाली बजार ‘भ्यालु कन्सियस’ मात्र छैन, ‘प्राइस कन्सियस’ पनि छ । कुनै पनि कारको मूल्य निर्धारण गर्नु सबैभन्दा चुनौतीपूर्ण कार्य हो । नेपालमा कुशाकको मूल्य आकर्षक ढंगले कायम गरिएको छ । यसको सुरुआती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ जसले कोरियाली प्रतिस्पर्धीको सामना गर्न कुशाकलाई सहज बनाएको छ । कुशाकको ‘टप एन्ड भेरियन्ट स्टाइल अटोमेटिक’ को मूल्य ६६ लाख ९० हजार छ । यति मूल्यमा शक्तिशाली टर्बो इन्जिन र विश्वस्तरीय ‘डिएसजी ट्रान्समिसन’ रहेको छ । 
साथै, सुरक्षाका लागि ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, ‘आइसोफिक्स चाइल्ड सिट माउन्ट’, ‘अटो हेडल्याम्प र वाइपर’, ‘मल्टि–कोलिजन ब्रेकिङ सिस्टम’ फिचर छन् । ‘टायर प्रेसर मनिटरिङ’ र ‘हिल्ड होल्ड कन्ट्रोल’ अप्सनल छ । 
यी विशेषताले गर्दा स्कोडा कुशाकलाई धेरै एसयुभीप्रेमीले आफ्नो रोजाइमा पारेका हुन् । कुशाककै कारण नेपालमा चेक कार ब्रान्डको आधार बलियो बन्दै जाने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप