शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकी सहायक विदेशमन्त्री स्वदेश प्रस्थान

शुक्रबार, ०३ मङ्सिर २०७८, २२ : ०७
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारसँग सम्बन्ध स्थापना तथा नवीकरण गर्ने उद्देश्यका साथ बुधबार साँझ काठमाडौँ आएका दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार साँझ स्वदेश प्रस्थान गरेका छन् ।

तीनदिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा नारायण खड्का, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँगै अमेरिकी अनुदानमा प्राप्त फाइजर खोप वितरणको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अवलोकन गरेका थिए । सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार साँझ नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र नायब शिष्टाचार महापाल रेवतीरमण पौडेलले बिदाइ गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप