शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

शनिबार, ०४ मङ्सिर २०७८, ११ : २२
शनिबार, ०४ मङ्सिर २०७८

 अरनिको राजमार्गअन्तर्गत भक्तपुर सूर्यविनायक नगरपालिका–६ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्लाको रोशी गाउँपालिका–३ स्थायी घर भई काठमाडौंको कलंकीमा बस्दै आएका २२ वर्षीय मिलन तामाङ छन् । 

टिपरलाई ओभरटेक गर्ने क्रममा सडकको डिभाइरसँग ठक्कर खाएर टिपरको पछाडि चक्कामा परेपछि गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा राति २:०६ मा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिए । प्रहरीका अनुसार रातिको समयमा सडकको अवस्था नहेरी असावधानीपूर्वक सवारी साधन चलाउँदा दुर्घटना भइ तामाङको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप