
यो साता सुनको मूल्य स्थिर

यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । गत साता शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार पनि त्यति नै मूल्य कायम भएको हो ।
यद्यपि, अघिल्लो साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो । जुन, यो साता २० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सातामा आइतबार, मंगलबार र बिहीबार सुनको मूल्य बढेको थियो भने सोमबार, बुधबार र शुक्रबार मूल्य घटेको महासंघले जानकारी दिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ