शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदिपको ‘एक बचन बोल्दैमा’ मा उषा

आइतबार, ०५ मङ्सिर २०७८, १२ : ३८
आइतबार, ०५ मङ्सिर २०७८

गायक सुदिपकुमार थकालीको गीत ‘एक बचन बोल्दैमा’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । तामाङ सेलो शैलीमा आधारित गीतमा आँशु लामाको शब्द, संगीत छ । गीतमा संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ ।

भिडियोमा उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । राम केसीले छायाङ्कन, टेकेन्द्र शाहको  निर्देशन तथा सम्पादनमा भिडियो तयार भएको हो । एक दशकदेखि जापानमा बस्दै आएका गायक थकालीले यस अगाडि ‘उडी जाने पन्छी’, ‘रेलको धुवाँ’, ‘एउटै मुटु’, ‘ॐ शान्ति ॐ’ गीत सार्वजनिक गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप