नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’
आइतबार, ०५ मङ्सिर २०७८, १४ : १२
आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।
अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ । यसै फिल्म मार्फत तेलुगू स्टार नागा चैतन्य बलिउड डेब्यु गर्दैछन् । फिल्ममा मोहना सिंह पनि एक महत्वपुर्ण भूमिकामा देखिँदैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान