मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीकै मूल्य बढ्यो

सोमबार, ०६ मङ्सिर २०७८, ११ : ०७
सोमबार, ०६ मङ्सिर २०७८

सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो । 

बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै बढ्दै प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप