शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दिनमा पाँच गिलास आफ्नै पिसाब पिउँछिन् यी महिला, आँखा–नाक–कानमा समेत हाल्छिन्

सोमबार, ०६ मङ्सिर २०७८, ११ : २३
सोमबार, ०६ मङ्सिर २०७८

आफ्नो प्यास शान्त र शरीरलाई हाइड्रेट राख्नका लागि मानिसहरु विभिनन प्रकारका पेय पदार्थ पिउन रुचाउँछन् तर तपाईंले कहिल्यै मानिसले आफ्नै पिसाब पिएको देख्नुभएको  छ ? ५३ वर्षकी एक महिलाले उनलाई आफ्नो पिसाब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पिसाब पिउन सजिलो लाग्ने बताएकी छिन् ।

द सनका अनुसार​क्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् । यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिलेसम्म करिब ३,४०६ लिटर पिसाब गइसकेको छ । टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन् ।

क्यारीले भनिन्, ‘पिसाबको गन्ध मेरो खानामा निर्भर हुन्छ । यसको स्वाद पछिल्लो चार वर्षमा मेरा लागि निकै परिवर्तन भएको छ । थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्याम्पेनजस्तो लाग्छ । तपाईं शरीरबाट निस्कने थुप्रै कुराको स्वाद चाख्न सक्नुहुन्छ । यस्ता धेरै कुरा छन् जुन मलाई मनपर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’

महिलाले थपिन्, ‘मलाई कुरिलोलगायतका खानेकुरा निकै मनपर्छन् । तर म अब यो खादिनँ किनभने यसले पिसाबको स्वादलाई बिगारिदिन्छ । ’ चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि  केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको बताइन् । मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्यान्सर हो ।

त्यसपछि क्यारीको जीवनमा पिसाबको प्रयोग बढ्दै गयो । उनले पानी पिउन जारी राखिन् र आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उपयोग पनि गरिन् । क्यारीले भनिन्, ‘म टुथपेस्टको साटो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन् ।

क्यारीका अनुसार उनी नुहाउने बेला उनको बासी पिसाबले एक उत्कृष्ट लोसनको रुपमा काम गर्छ । यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ? मलाई यो कुराले असाध्यै चिन्तामा पार्ने गर्छ ।’

आफ्नी छोरीको कुरा सुनेर क्यारी डाक्टरलाई भेट्न सहमत पनि भइन् । उनले क्यारीको कम्मरमा भएको एउटा कोठीको विषयमा पनि आफ्नो चिन्त व्यक्त गरिन् । त्यसपछि डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन् । क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पिसाब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप