बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई दिने फिल्म फेस्टिभल गर्दै अस्कर

सोमबार, ०६ मङ्सिर २०७८, ११ : २७
सोमबार, ०६ मङ्सिर २०७८

नेपालमा फिल्म पढाउने पहिलो कलेजको रुपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) ले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिन फिल्म फेस्टिभल गर्ने भएको छ । यहि मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा कलेजले फिल्म फेस्टिभल गर्न लागेको हो । 

कलेजका प्रिन्सिपल रामराजा दाहालले अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले फेस्टिभल गर्न लागेको बताए । दाहालका अनुसार फेस्टिभलमा कलेजका विद्यार्थीले बनाएका फिल्मसँगै विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएका फिल्म पनि देखाइनेछ । कलेजको संलग्नतामा निर्माण भएका र फेस्टिभलमा स्क्रिनिङ हुने फिल्म पनि विश्वका धेरै फेस्टिभलमा छानिएका फिल्म हुन् । 

नियमित फिल्म प्रदर्शनसँगै फेस्टिभलमा नेपाली फिल्मसम्बन्धी विभिन्न विषयमा छलफल पनि समानान्तर रुपमा चल्नेछन् । छलफलका विषय र सहभागी केही दिनमै टुंगो गरेर सार्वजनिक गर्ने दाहालले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप