शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटमा सुरुवा रोग अस्पताल सञ्चालनमा

सोमबार, ०६ मङ्सिर २०७८, १९ : ११
सोमबार, ०६ मङ्सिर २०७८

कर्णाली प्रदेशमा पहिलो पटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार कालिकोटको मान्मामा उक्त, अस्पतालको उद्घाटन गरेका हुन् । १५ शय्याको उक्त, सुरुवा रोग अस्पताल कालिकोटका ५ वटा सरकारी कार्यालयका लागी निर्माण गरिएको एकीकृत भवनमा अस्पताल सञ्चालनमा ल्याइएको हो । 

अस्पतालमा वरिष्ट कन्सलटेन्ट जनरल फिजिसियनदेखि विशेषज्ञ चिकित्सक गरी ११ जना भन्दा बढी जनशक्ति आवश्यक  पर्ने देखिएको छ। यो अस्पताल प्रदेश सरकारको रु. १ करोड लगानीमा निर्माण गरिएको हो । अस्पताल स्रोतका अनुसार तत्कालका लागि यो अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ । वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत एक जना, हाउस किपर सहायक १, फार्मेसी सहायक १ जना लगायत गरी २१ जनको दरबन्दी रहेको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै कर्णालीका शाहीले रोग, भोग अशिक्षा र अज्ञान्ताको भुमीबाट जन्मिएका कर्णाली बासीहरुका लागि सरुवा रोग अस्पताल सञ्चालनमा आउनु गौरवको विषय भएको बताए । उनले उक्त अस्पतालले जुम्ला, मुगु, दैलेख बाजुरा सम्मका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप