फिल्म ‘घुइँचो’ निर्माणको घोषणा
सोमबार, ०६ मङ्सिर २०७८, २१ : ४३
फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् ।
सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी, छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरेका दीपेन्द्रले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने बताए । उनले फिल्म उत्कृष्ट बनाउने कोसिस आफ्नो रहने उनले सुनाए ।
कार्यक्रममा अभिनेत्री गौतमले फिल्मको कथाले मन तानेको बताइन् । माघको अन्तिम साताबाट फ्लोरमा निस्कने फिल्मको अन्य कलाकार र प्राविधिक छिट्टै फाइनल गरेर शुभमुहूर्त गर्ने निर्माता दैलेखीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान