बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, २ घाइते

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०७ : ३५
मङ्गलबार, ०७ मङ्सिर २०७८

रौतहटस्थित गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत बैजनाथपुर चोकमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेमा चन्द्रपुर–९ का २५ वर्षीय रामाशंकर साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले  जानकारी दिएका छन्  ।

गएराति १२ बजेर ५० मिनेटमा बैजनाथपुर चौकमा ना ५३ प ६११२ र विपरित दिशाबाट आईरहेको ना ४३ प ६२४३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । 

दुर्घटनामा गुजरा–९ का मनोज चौधरी र मोटरसाइकलको पछाडि बसिरहेकी बृन्दाबन–७ की कान्ती देवी चौधरी गम्भीर घाइते भएकी छिन् । घाइतेहरूलाई राति नै एम्बुलेन्सबाट उपचारको लागि बीरगंज पठाईएको र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप