शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन चल्यो निक र प्रियंकाको सम्बन्धविच्छेदको हल्ला ?

मङ्गलबार, ०७ मङ्सिर २०७८, ०९ : ४७
मङ्गलबार, ०७ मङ्सिर २०७८

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्धविच्छेदको विषयमा छापिएका समाचारहरुले चर्चा पाएका छन् । प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलेको हो । उक्त विषयलाई लिएर उनीहरु सम्बन्धविच्छेद त गर्दै छैनन् ? भन्ने विषयमा चर्चा भइरहेको छ । यसैबीच, निकले आफ्नो एउटा भिडियो सार्वजनिक गरेका छन् । उनले फिटनेस भिडियोमा डबल्स उठाइरहेका छन् । 

उनले सेयर गरेको भिडियोमा प्रियंकाले प्रतिक्रिया जनाएकी छन् । जसमा उनले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मरिसकेँ ।’ उनले दिएको यस्तो प्रतिक्रियापछि उनीहरुको सम्बन्धमा कुनै पनि प्रकारको मनमुटाव नआएको बताइएको छ । यसै प्रसंगलाई जोडेर प्रियंकाकी आमा मधु चोपडाले पनि यो समाचार अफवाह भएको बताएकी छन् । उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप