शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुडिरहेकाे बसकाे ढाेकाबाट झरेर एक यात्रुको मृत्यु

मङ्गलबार, ०७ मङ्सिर २०७८, १२ : ०७
मङ्गलबार, ०७ मङ्सिर २०७८

सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

गाईघाटस्थित आफन्तको आएर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेको शर्मा बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढाेकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ । शर्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप