शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारतबीच कोभिड खोप प्रमाणपत्रको मान्यताका लागि हस्ताक्षर

मङ्गलबार, ०७ मङ्सिर २०७८, १४ : १८
मङ्गलबार, ०७ मङ्सिर २०७८

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. रोशन पोखरेल र भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

यससँगै नेपालमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन् । यसअघि कोरोना खोपको मान्यता नपाएको कारण नेपाल–भारत सीमामा आवत–जावतको समस्या भएको थियो । अब भने नेपालमा भारतबाट आइ काम गर्ने कामदार र नेपालबाट भारत गइ ज्याला मजदुरी गर्नेहरुलाई सहज भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप