शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वेन्द्रले ल्याए ‘किन रोयौ आमा’

मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ३७
मङ्गलबार, ०७ मङ्सिर २०७८

प्रवासमा रहेर कलाकारितामा रमाउने सर्जक हुन् सर्वेन्द्र अधिकारी । सर्वेन्द्रकै शब्द तथा स्वर रहेको नयाँ गीत ‘किन रोयौ आमा’ सार्वजनिक भएको छ । संगीत समेत उनकै रहेको गीतमा संगीत संयोजन सुनिल राईले गरेका छन् । गीतको भिडियो समेत बनेको छ । जसका निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । बेलायतको रमाइला लोकेशनमा छायांकन भएको भिडियोमा गायक स्वयंको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप