बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा बैंक १५ औं वर्षमा प्रवेश, निक्षेप र कर्जा खाता संख्या ६ लाख

मङ्गलबार, ०७ मङ्सिर २०७८, १७ : ४७
मङ्गलबार, ०७ मङ्सिर २०७८

गरिमा विकास बैंक लिमिटेड स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेका बैंकले बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा ११५ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५१ बैकिङ्ग कारोबार गर्ने गरेको छ ।

६७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको तथा करिब ६ लाख निक्षेप एवम् कर्जा खातासहित बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सूचकहरूमा सन्तोषजनक प्रगति गर्दै आइरहेको पनि दाबी गरेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू संचालन गरेको छ । बैंक केन्द्रीय कार्यालयसहित देशका २१ स्थानमा रक्तदान र ५ वटा नयाँ शाखा कार्यालय उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप