शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजको सातौं दीक्षान्त समारोह सम्पन्न

मङ्गलबार, ०७ मङ्सिर २०७८, १८ : ०१
मङ्गलबार, ०७ मङ्सिर २०७८

द ब्रिटिस कलेज (टीबीसी) को सातौं दीक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्ययनरत विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कोरोना महामारीको कारण गत वर्षको दीक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भएपनि यस वर्ष भने संक्रमण केही नियन्त्रणमा रहेकाले भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो । समारोहमा स्नातक तथा स्नातकोत्तर तहका गरि जम्मा ४१९ जना विद्यार्थीहरू दीक्षित भएका हुन् ।

कलेजको सल्लाहकारहरू जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दीक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए । त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट–सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि स्वागत मन्तव्य राख्दै दीक्षित विद्यार्थीहरूलाई बधाई दिएका थिए । 

कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै सबैलाई बधाई दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप