बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् साँझको सौराहा (फोटोफिचर)

मङ्गलबार, ०७ मङ्सिर २०७८, १९ : ०७
मङ्गलबार, ०७ मङ्सिर २०७८

नुवाकोटका देवराज अधिकारी साथीहरूसँग सौराहा घुम्न आएका छन् ।  कोरोना सङ्क्रमण बढेपछि कतै घुम्न नपाएको अवस्थामा सौराहा घुम्न आएको उनले बताए । उनले भने–‘कोरोना भयो, बाहिर निस्कन पनि पाइएन, अहिले ‘रिफ्रेसमेन्ट’का लागि हामी ६ जना साथीहरूसँग घुम्न आएको, अहिले सौराहामा चहलपहल बढेको रहेछ ।’ 

अधिकारी जस्तै यतिबेला बिस्तारै सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । कोरोना सङ्क्रमणपछि थला परेको चितवनको पर्यटकीय नगरी सौराहा बिस्तारै उठ्दैछ । झन्डै २ वर्ष ठप्प भएको सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ भने फाट्टफुट्ट रूपमा बाह्य पर्यटक समेत आउन थालेका छन् । पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै बन्द भएका होटल तथा रेष्टुरेन्टहरु खुल्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जिप सफारी गर्नेको सङ्ख्या बढ्न थालेको छ । 

विभिन्न जिल्लाबाट शैक्षिक भ्रमण, कृषि तथा सहकारी संस्थाहरूको अवलोकन भ्रमण कार्यक्रमबाट पनि आन्तरिक पर्यटकको सङ्ख्या बढेको सौराहा व्यवसायी वासु घिमिरेले जानकारी दिए । उनले भने–‘बाह्य पर्यटक त नगन्य मात्रामा आएका छन् तर दसैँयता आन्तरिक पर्यटकहरूको सङ्ख्या भने बढेको छ । दसैँअघिसम्म मसानघाट जस्तै थियो । होटल पनि छ, रेस्टुरेन्ट पनि छ तर खल्तीमा पैसा पनि छैन, माग्न जान पनि लाज हुने अवस्था थियो । बढो बिजोग पाराले २ वर्षदेखि लकडाउन झेलियो, अब बिस्तारै भात खान पुग्ने अवस्था भएको छ ।’

नेकपा एमालेले दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सौराहामा बन्द सत्र गर्ने भएपछि अझै पर्यटकहरूको चहलपहल बढ्ने व्यवसायीहरूले विश्वास लिएका छन् । हेर्नुहोस् तस्बिरहरू : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप