एमाले महाधिवेशन : ११ सदस्यीय अध्यक्ष मण्डल गठन
बुधबार, ०८ मंसिर २०७८, १० : ५०

एमालेले मंगलबारको स्थायी कमिटी बैठकबाट दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् ।
त्यस्तै महासचिव ईश्वर पोखरेल,स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा, सुवास नेम्वाङ,टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा तथा केन्द्रीय सदस्यबाट लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् । त्यस्तै महाधिवेशनको माइन्युट बनाउन सात सदस्यीय माइन्युट मण्डल पनि मंगलबारको बैठकले गठन गरेको छ ।
त्यसमा सचिव पृथ्वी सुव्वा, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा,ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमाले महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने
-
सरकारले जनताको हितलाई प्राथमिकतामा राख्न सकेन : वामदेव गौतम
-
सुँगुरको रगतबाट पिउने पानी
-
मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता