एमाले महाधिवेशन : १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन हुने
मंगलबार, ०७ मंसिर २०७८, २० : ०१

काठमाडौँ । नेकपा एमालेले विधान अनुसार १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभरिबाट आएका सुझावका आधारमा १०३ सिफारिस भएको बताए । सिफारिस भएका नामप्रति स्थायी कमिटी सदस्यहरूले सुझावका आधारमा मनोनयनको टुङ्गो लाग्ने एमालेले जनाएको छ । यो सहित नेकपा एमालेका महाधिवेशन प्रतिनिधि २२७९ जना हुनेछन् । जसमा महिला सङ्ख्या झण्डै ६ सय पुग्ने छ । अहिलेसम्म महिला प्रतिनिधिको सङ्ख्या ५७६ जना पुगिसकेको छ ।
११ सदस्यीय अध्यक्ष मण्डल गठन
एमालेले मंगलबारको स्थायी कमिटी बैठकबाट दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल पनि गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा गर्मी बढेपछि विद्यालय बन्द
-
झापामा गर्मी बढेपछि विद्यालय बन्द
-
वृहत् समाजवादी शिविर निर्माणको बहस
-
हलेसी तुवाचुङलाई साँस्कृतिक संग्रहालय बनाउने घोषणाले स्ठानीय खुसी
-
अस्ट्रेलियामा फेला पर्यो विश्वको सबैभन्दा पुरानो हड्डी, १० करोड ७० लाख वर्ष पुरानो भएको पुष्टि
-
प्रचण्डले भारतसँग गलत सहमति गर्न सक्छन् : वरिष्ठ उपाध्यक्ष पोखरेल