सोमबार, १० असार २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशन : १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन हुने

मङ्गलबार, ०७ मङ्सिर २०७८, २० : ०१
मङ्गलबार, ०७ मङ्सिर २०७८

काठमाडौँ । नेकपा एमालेले विधान अनुसार १०३ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने भएको छ  । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार देशभरिबाट आएका सुझावका आधारमा १०३ सिफारिस भएको बताए । सिफारिस भएका नामप्रति स्थायी कमिटी सदस्यहरूले सुझावका आधारमा मनोनयनको टुङ्गो लाग्ने एमालेले जनाएको छ । यो सहित नेकपा एमालेका महाधिवेशन प्रतिनिधि २२७९ जना हुनेछन् । जसमा महिला सङ्ख्या झण्डै ६ सय पुग्ने छ । अहिलेसम्म महिला प्रतिनिधिको सङ्ख्या ५७६ जना पुगिसकेको छ ।

११ सदस्यीय अध्यक्ष मण्डल गठन

एमालेले  मंगलबारको स्थायी कमिटी बैठकबाट दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल पनि गठन गरेको छ । जसमा अध्यक्ष केपी ओली,उपाध्यक्ष,युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल रहेका छन् । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप