पर्यटकको बसाई लम्ब्याउन फेवा किनारका क्षेत्रमा फुट ट्रयाक आवश्यक : मन्त्री बराल

person explore access_timeमंसिर ७, २०७८ chat_bubble_outline0

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले पोखरामा आन्तरिक तथा बाह्य  पर्यटकको बसाई लम्ब्याउन फेवाताल किनारका क्षेत्रमा ‘फुट ट्रयाक’ निर्माण गर्न आवश्यक भएको बताएका छन् । पोखरामा मंगलबार आयोजित कार्यक्रममा उनले फेवाताल वरपरका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा विकास गर्दै पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।


उनले स्थानीयवासीलाई ऐतिहासिक पुरातात्विक बस्तुहरुको संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै सडक लगायत आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले पहल गर्ने बताए । स्थानीयवासीलाई उनले भने, ‘यो स्वर्गजस्तो ठाउँ छाडेर तपाईहरु अन्यत्र पलायन नहुनुहोस्, विकासका आवश्यक पूर्वाधार निर्माणमा सरकारले आवश्यक पहल गर्छ ।’



नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले माओवादीको नेतृत्वबिना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने दाबी गरे । उनले माओवादीसँग विचार र विकास निर्माण गर्ने दीर्घकालीन योजना रहेको दाबीसमेत गरे ।



पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा यस क्षेत्रमा विकासका लागि बजेट व्यवस्थापन गर्न नसकिएको बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।