ad

अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट एक नेपाली महिलाको मृत्यु

person explore access_timeमंसिर ८, २०७८ chat_bubble_outline0

अमेरिकाको मेरिल्याण्डमा गाडीको ठक्करबाट गत नोभेम्बर २२ का दिन मृत्यु हुने नेपाली महिला वर्षा खड्का प्रसाई भएको पहिचान भएको छ । डिसी क्षेत्रको डब्लुयुएसए९ डटकमले मृत्यु हुने महिलाको पहिचान उल्लेख गरेको छ । समाचारमा उल्लेख भए अनुसार खड्काको घर नेपालको झापा जिल्लामा रहेको छ ।  मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा भएको उक्त दुर्घटनामा ठक्कर दिएर चालक अझै फरार रहेको प्रहरीले जनाएका छन् । ‘प्रिन्स जर्ज काउन्टीमा सोमबार सडक पार गर्ने क्रममा मारिने ती महिला दोस्रो व्यक्ति हुन्’, प्रहरीले भने।


प्रहरीका अनुसार ती महिलालाई सपर्सस्थित चिकित्सा केन्द्र (मेडिकल सेन्टर ड्राइभ) बाट पार गर्न खोज्दा साँझ ७ बजेभन्दा अगाडि कारले ठक्कर दिएको थियो ।



मेरिल्याण्ड ल्यान्डओभरकी ४० वर्षीया प्रसाईको नजिकैको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो । उनको शव शरीर नेपाल पठाउनको लागि नेपाली दुताबास तथा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पहल गरिरहेको परिवारका सदस्य भर्जिनिया गेन्सभिल शहरका सन्तोष प्रसाईले जानकारी दिए । मृतक आईओएममा कार्यरत थिइन् । उनी आईओएम अन्तरगत दुई महिनाअगाडि अफगानिस्तानबाट अफगानी शरणार्थीहरुसंगै अमेरिका काम गर्न आएकी थिइन् ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।