अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित
बुधबार, ०८ मङ्सिर २०७८, १० : ३२
नेपाली काँग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए ।
अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए । २७ मत बदर भएको छ । पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैभन्दा कम मत प्राप्त गरेका हुन् ।
देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा। रामबहादुर बिसीलगायतका नेताको समर्थन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण