विहीबार, ०९ चैत्र २०७९
ताजा लोकप्रिय

विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

बुधबार, ०८ मंसिर २०७८, १६ : ५१
बुधबार, ०८ मंसिर २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् अर्थमन्त्री शर्माले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने धारणा राखेका हुन् ।

‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो’, मन्त्री शर्माले भने, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुप¥यो ।’ उनले समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए । त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने उल्लेख गर्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने तर्क गरे । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने र  सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने उनको तर्क थियो । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, अर्थमन्त्रीले थपे, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूह÷समुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत उनले स्पष्ट पारे।

थोरै विद्यार्थी, तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको बताउँदै मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने पनि बताए । ‘अब ठुलो÷मेगा विद्यालय बनाउनुपर्छ र त्यहीँ शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उनले भने, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’ पछिल्लो समय केही स्थानबाहेक सडक पूर्वाधार विकास भएकाले एकै ठाउँ हजारौँ विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सोअनुसार केन्द्रीकृत गर्नुपर्ने उनले बताएका हुन् । शिक्षकहरूको विभिन्न माग शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन पनि अर्थमन्त्रीले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप