शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तुमा बसको ठक्करबाट किशोरको मृत्यु

बुधबार, ०८ मङ्सिर २०७८, १९ : २२
बुधबार, ०८ मङ्सिर २०७८

कपिलवस्तुमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । बुधबार जिल्लाको शिवराज नगरपालिका १ मा बसको ठक्करबाट स्थानीय १८ वर्षीय सन्तोष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले बनवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका पुनलाई ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए । बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप