बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने

बुधबार, ०८ मङ्सिर २०७८, २० : ४८
बुधबार, ०८ मङ्सिर २०७८

समाजमा हुने जातीय विभेद र बढ्दो महिला हिंसाको बिषयमा लघु फिल्म ‘शुभ सन्ध्या’ निर्माण हुने भएको छ । अमिर बरालको निर्देशन रहने फिल्म नारायणी फिल्मस्को ब्यानरमा बन्न लागेको हो । सचितराज सेढाई, निशु आइडु, कृश पौडेल, रिजन खरेल लगायतको मुख्य अभिनय रहने फिल्ममा बालकलाकार आदित्य ढुङ्गानाको समेत अभिनय रहनेछ । 

निर्देशक बरालकै कथामा अंगत श्रेष्ठको पटकथा सम्वाद रहेको फिल्म रवि कोइरालाले छायाँकन गर्दैछन् । फिल्मको छायाँकन झापा र चितवनमा हुने निर्देशक बरालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप