मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : पर्वतमा मतपत्रमा त्रुटि देखिएपछि रोकिएको मतगणना सुरु हुँदै

बुधबार, ०८ मङ्सिर २०७८, २१ : २०
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतमा मतपत्रको डिजाइनका बारेमा विवाद बढेपछि स्थगित भएको मतगणना बिहीबार बिहान पुनः सुचारु गरिने भएको छ । जिल्ला सभापति सहितका प्रतिनिधिका लागि भएको मतदानका क्रममा मतपत्रमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका महिला र पुरुषलाई फरकफरक कोलममा नराखी एकै ठाउँमा राखिएका कारण विवाद उत्पन्न भएको थियो । 

मतपत्र तयार गर्दा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला,खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र तयार नगरेकाले प्रतिनिधिका रूपमा जाने पुरुषका लागि दुईजना कम हुने भएको भन्दै विवाद भएको थियो । 

खुल्लातर्फ ४ जना महिला, १० जना पुरुषका लागि छुट्टै महल बनाउँदा महिला, पुरुषको सङ्ख्या मिल्ने भए पनि महिला र पुरुषको नाम एउटै महलमा राख्दा पुरुषको सङ्ख्या घट्ने भन्दै विवाद भएको थियो । अब, विधान बमोजिम नै ४ महिला र १० पुरुष निर्वाचित हुने सहमति गरिएको निर्वाचन समितिले जनाएको छ ।

विधान बमोजिम महिलाहरू निर्वाचित हुन पाउने सहमति भएपछि रोकिएको मतगणना भोली बिहान ७ बजेदेखि सुचारु गर्ने सहमति भएको निर्वाचन सहायक हरिनारायण रेग्मीले बताए । उनले कानुन अनुसार निर्वाचन भएकाले मतगणनालाई निरन्तरता दिने बताए । मंगलबार भएको निर्वाचनमा दुई सय मत गणना भएका छन्। जसमध्ये सभापति पदमा युवराज जोशीले १०१, याम बहादुर मल्ल (रामकृष्ण) ले ८० र मिलन सुवेदीले १४ मत पाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप