बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आरती स्ट्रिप्सका प्रशासन प्रमुखमाथि कुटपिट, २ जना प्रहरीको नियन्त्रणमा

बुधबार, ०८ मङ्सिर २०७८, २१ : ४२
बुधबार, ०८ मङ्सिर २०७८

विराटनगर । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्सका प्रशासन प्रमुख दिवस नेपालमाथि कुटपिट भएको छ । मोरङको बुढीगंगास्थित भारतीय भूषण ग्रुपद्वारा सञ्चालित स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहित भारतीय मजदूरले उनीमाथि बुधबार कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते नेपालको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीकाअनुसार आरती स्ट्रिप्सका सञ्चालक सिंघल पनि घाइते रहेको बताइएको छ । सिंघल पनि कोशी अस्पतालमा रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘दुवै जनालाई चोटपटक लागेको देखिएको छ,’ उनले भने, ‘के कारणले घटनाको भएको हो यस विषयमा अनुसन्धान भइरहेको छ ।’ 

कुटपिटपछि पुगेको प्रहरीले स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघल र निर्देशक एसपी बर्मालाई सोधपुछका लागि नियन्त्रणमा लिएको दाबी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप