शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

बुधबार, ०८ मङ्सिर २०७८, २२ : १४
बुधबार, ०८ मङ्सिर २०७८

बुद्ध एयरको ७२ सिटे जहाज नेपालगन्ज विमानस्थलमा अवतरणको क्रममा स्यालसँग ठोक्किएको छ । बुधबार साँझ साढे ७ बजे बुद्ध एयरको जहाज स्यालसँग ठोकिएको हो । जहाज स्यालसँग  ठोक्किए पनि कुनै अप्रिय घटना नघटेको बुद्ध एयरले जानकारी दिएको छ ।

जहाज स्यालको बच्चासँग ठोक्किएको र ठोक्किएको जहाजको इन्जिन चेक भैरहेको  जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

नेपालगञ्जबाट काठमाडौं जाने प्यासेन्जरहरूलाई बुद्ध एयरकै अर्को जहाजमा ल्याउन लागिएको बुद्ध एयरका सञ्चालक बीरेन्द बस्नेतले जानकारी दिए । जहाजमा सामान्य क्षति भएपनि थप विवरण भोलिमात्र आउने उनले बताए ।

विमानस्थलमा घाँसे मैदान हुँदा जंगली जनावरहरुको बिगबिगी बढेको र यसले दुर्घटना निम्त्याएको बस्नेतको भनाई छ । यसअघि सोही स्थानमा तारा एयरको जहाज पनि बँदेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप