शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीविरुद्ध सिटीको उत्कृष्ट पुनरागमन

बिहीबार, ०९ मङ्सिर २०७८, ०७ : ४२
बिहीबार, ०९ मङ्सिर २०७८

एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले पेरिस सेन्ट जर्मेनलाई २-१ गोलले पराजित गरेको छ । जीतसँगै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।

खेलको ५० औँ मिनेटमा किलियान एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाए पनि राहिम स्टर्लि र ग्याब्रियल जिसुसले गोल गर्दै पेप ग्वार्डिओलको टोलीलाई शानदार जीत दिलाए । जीतसँगै समूह ए को शीर्ष स्थानमा सिटीको १२ अंक रहेको छ भने पीएसजी ८ अंकसहित दोस्रो स्थानमा छ । हारका बावजुद पीएसजीले पनि नकआउट चरणमा स्थानमा बनाएको छ । समूहको अर्को खेलमा आरबी लेइपजीगले क्लब ब्रगलाई ५-० गोलले हरायो । अन्तिम खेलअघि दुवै टोलीको ४-४ अंक मात्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप