शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक कागती पानी पिउँदा हुने ५ बेफाइदा

बिहीबार, ०९ मङ्सिर २०७८, ०९ : ०२
बिहीबार, ०९ मङ्सिर २०७८

कागती पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । विशेषज्ञका अनुसार कागती पानी पिउँदा डिहाइड्रेन र पाचन प्रक्रियासम्बन्धी समस्यालाई कम गर्छ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा शरीरलाई बेफाइदा हुन्छ । के–के बेफाइदा हुन्छ ? 

दाँतमा समस्या 
अमेरिकी डेन्टल एसोसिएशनका अनुसार कागतीमा अधिक मात्रामा अम्लीयपना हुन्छ । त्यसैले बारम्बार दाँतमा लाग्दा दाँतको इनामेललाई खराब गरिदिन्छ । त्यसैले दाँतलाई खराब हुन नदिन स्ट्रको प्रयोग गर्न सकिन्छ । दाँतमा एसिड सीधा लाग्न नदिने यो उपाय उपयुक्त हुन्छ । कागती पानी पिउनेवित्तिकै दाँत माझ्न हुँदैन । कागती पानी पिएपछि सादा पनि पनि पिउन आवश्यक छ । 

पेट खराब 
पेटका लागि कागती पानी फाइदाजनक हुन्छ । तर, पानीमा धेरै कागती मिसाउँदा पेटमा ग्यास्ट्रोओसोफेगल रिफ्लक्स र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छ । यस्तो समस्या कागती जस्ता अमिला फलफूलबाट सुरु हुन्छ । यसका कारण छातीमा जलन, बान्ता हुने आदि समस्या हुन जान्छ । 

छालामा किटाणु 
जर्नल अफ एनवार्यनमेन्टल हेल्थका अनुसार २००७ मा भएको एक अध्ययनका अनुसार २१ विभिन्न प्रकारका तरिकाबाट ७६ वटा कागतीको नमुना परीक्षण गरिएको थियो ।  जसबाट कागतीको बोक्रामा सुक्ष्म जीव पाइन्छ जुन रोगको कारण बन्नसक्छ । यसबाट बच्नका लागि पानीमा कागतीलाई सिङ्गै हाल्नुभन्दा यसको एक वा दुई थोपाको प्रयोग गर्न सकिन्छ । 

घाउ बढाउँछ 
कागती पानीले घाउलाई दुखाई र जलन बढाउँछ । सानातिना घाउहरु एक हप्तामा नै ठिक हुने गर्छन् । तर अमेरिकी डेन्टल एसोसिएसनका अनुसार अत्यधिक मात्रामा कागती पानीको सेवनले सामान्य घाउहरु पनि बढ्न सक्छ । धेरै मात्रामा अमिलो फलफूल खाँदा घाउ निको हुन लामो समय लाग्छ । 

अमिलो फलफूल र माइग्रेन 
अमिलो फलफूल र माइग्रेनबीच पुरानो सम्बन्ध रहेको छ । यस विषयमा गरिएको अनुसन्धानबाट अमिलो फलफूलले माइग्रेन बढाउने काम गर्छ । न्यूरोलोजिस्ट रेबेका ट्रबले हेल्थ म्यागाजिनलाई बताएअनुसार कागतीले माइग्रेन र टाउको दुखाई बढाउछ । कागतीमा अत्यधिक मात्रामा टाइरामाइन पाइन्छ । यस्ता खानेकुराले माइग्रेनको समस्या बढाउँछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप